चितवनः निषेधाज्ञासंगै जिल्लामा रगतको अभाब देखिएको छ । यहाँ भरतपुर अस्पताल, बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र २४ वटा साना ठूला अस्पताल रहेका छन् ।
ती अस्पतालमा शल्यक्रिया गर्न आउने बिरामीहरुले अहिले निषेधाज्ञाका कारण रगत नपाएर शल्यक्रिया रोकिन थालेको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै सरकारले गरेको चार महिना लामो लकडाउन र त्यस पछिको निषेधाज्ञाका कारण रगत प्रयाप्त मात्रामा पाउन कठिन भएको हो ।
पछिल्ला हप्ताबाट चिकित्सक, स्वास्थ्यकर्मी लगायत बिरामीहरुमा पनि कोरोना संक्रमण देखिएको छ । जसका कारण रक्तदाताहरु इच्छा हुंँदाहुदै पनि केन्द्र सम्म आउन नसकेकाले रगतको अभाव भएको रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताउनु भयो । कोरोना त्रास र जोखिमका कारण रक्तदाताहरु रगत दिन डराएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीसंँग जगेडा रगत छैन, विरामीलाई चाहिएमा रगत सट्टापट्टा गरेर चलाएका छौं।”
यसअघि दैनिक ६० पोका सम्म रंगत संकलन हुदै आएपनि निषेधाज्ञा पछि रगत संकलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीको लागि पनि रगत पाउने अबस्था नभएको उहाँले बताउनु भयो । पौडेलका अनुसार जिल्लाका अस्पतालहरुमा दैनिक औसत १सय ५० युनिट रगत आवश्यक पर्छ ।
कार्यालयले यसअघि चितवन संगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुर लगाएतका जिल्लाबाट रगत संकलन गरेर ल्याउने गर्दथ्यो । अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढि प्रभाबित भएका छन् । वाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ ।
कोरोना त्रासका कारण बिगतमा रक्तदान गर्नेहरु समेत अहिले डराएका छन् ।

प्रतिक्रिया दिनुहोस !