
नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्सवादी लेलिनवादी नेकपा एमाले पुनः ब्युँतिएको छ । निर्वाचन आयोगले आज नेकपा एमाले नामको दल दर्ता गरेको हो । एमाले दर्ता भएसँगै आयोगमा दर्ता हुने दलको संख्या १ सय ३२ पुगेको छ ।
निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले आज बसेको बैठकले नेकपा (एमाले)नामको दल दर्ता गरेको जानकारी दिनुभयो । सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा (एमाले)को महासचिवमा मनिषकुमार उपाध्याय हुनुुहुन्छ । आयोगले एमालेलाई ’उदाउँदो सूर्य’ चुनाव चिह्न दिएको छ ।
दल दर्ताका सबै प्रक्रिया पूरा गरेकाले आयोगको बैठकले दर्ता गर्ने निर्णय लिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।