
काठमाडौंः संसदले लगाउने लोगोमा राखिएको झण्डाको बिषयमा बिबाद आए पछि संसद सचिवालयले सांसदले लगाउने लोगो पुनः परिवर्तन गर्ने भएको छ ।
यसअघि सार्वजनिक गरिएको लोगोमा नेपालको झण्डाको विषयमा चौतर्फी प्रश्न उठेपछि सचिवालयले कार्यान्वयनमा ल्याएको लोगो फिर्ता गर्दै सचिवालयले तयार पारेको डिजाइनअनुसारकै लोगो बनाउने गरी फिर्ता गरेको हो ।
यसअघिको लोगो घरेलु तथा साना उद्योग कार्यालय ललितपुरले तयार पारेको थियो । पुराना ३ सय ५० थान लोगो फिर्ता गरेर नयाँ बनाउने प्रक्रिया सुरु भएको सचिवालयले जनाएको छ ।