हेटौडाः नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको क्रम रोकीएको छैन । हरेक जिल्लामा कोरोनका कारण एक न एक जनाका मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण हेटौंडा उपमहानगरपालिकामा एक व्यक्तिको मृत्यु भएको छ । हेटौंडा–१ चौकीटोल बस्ने ६१ वर्षीय पुरूषको मृत्यु भएको हो ।
उनको मंगलबार राति घरमै मृत्यु भएको हेटौंडा उपमहानगरपालिका कार्यालयका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिनुभयो । लामो समयदेखि घरमै बस्दै आएका उनी दीर्घरोगी थिए । उनको कुनै ट्राभल हिस्ट्री भने छैन।
हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्यमा गम्भीर समस्या आएपछि कोरोना परीक्षणको लागि उनको स्वाब सोमबार नै संकलन गरिएको थियो ।
हेटौंडाका ती व्यक्तिसहित बागमती प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।