चितवनः राष्ट्रिय परिक्षा वोडले सार्बजनीक गरेको एसइइ परिक्षाको नतिजामा जिल्लाका २ सय २९ जनाले जिपिए ४ अंक ल्याएका छन् । शिक्षा बिकास तथा समन्वय ईकाई चितवनका प्रमुख भूमिलाल सुबेदीका अनुसार परिक्षामा सहभागी ११ हजार २ सय ५५ जना मध्ये उनीहरुले सो अंक ल्याएका हुन । अघिल्लो शैक्षिक सत्रमा ११ जनाले मात्र जिपिए ४ ल्याएका थिए ।
सुबेदीका अनुसार परिक्षामा सहभागी मध्ये ३ दशमलब ६ भन्दा माथि अंक ल्याउने २ हजार ४ सय ३६, जिपिए ३ दशमलब २ भन्दा माथि अंक ल्याउने २ हजार १ सय १२, जिपिए २ दशमलब ८ भन्दा माथि अंक ल्याउने २ हजार २ सय ९९ जना ल्याएका छन् । यस्तै जिपिए २ दशमलब ४ भन्दा माथि अंक २ हजार ४ सय ३३, जिपिए २ भन्दा माथि अंक ल्याउने १ हजार ५ सय ५६, जिपिए १ दशमलक ६ भन्दा माथि अंक ल्याउने २ सय १८ र सो भन्दा तलको अंक ल्याउने २ सय १ जना रहेका छन् ।
इकाई प्रमुख सुबेदीका अनुसार सामुदायीक बिद्यालयबाट ६ हजार २ सय ५९ र संस्थागत बिद्यालयबाट ४ हजार ९सय ९६ जना बिद्यार्थी परिक्षामा सहभागी भएका थिए । अहिलेको नतिजा २०७२ साल पछिकै उत्कृष्ठ नतिजा भएको उहाँले वताउनुभयो । उहाँले भन्नुभयो “शिक्षक, अभिभावक, बिद्यार्थीको मेहनतका कारण शैक्षिक नतिजा उल्लेखनिय आएको हो ।” इकाईको नियमित अनुगमनका कारण शैक्षिक क्षेत्रमा अपेक्षाकृत सुधार गर्न सकीएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !