चितवनः पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ३ गोठसोरमा एक वृद्धाको मृत्यु पछि कोरोना पुष्टि भएको छ । १ सय ८ वर्षिय वृद्धाको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो ।
उनको आज मात्रै पिसिआर परिक्षण नतिजा आएको हो । साउन २४ गते क्यान्सर अस्पतालमा कार्यरत आफन्तले भेटघाट गरि गएको र आफन्तको नमुना परिक्षणका क्रममा संक्रमित देखिए पछि उहाँको स्वाब संकलन गरिएको थियो ।
उहाँ संगै ती संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएको भए पनि अन्यको नतिजा आउन बाँकी रहेको छ । मृतर्क वृद्धाको शव व्यवस्थापनको काम भईरहेको खैरहनी नगरपालिकाले जनाएको छ । उहाँ घरकै आईसोलेसनमा रहेको समयमा मृत्यु भएको थियो ।