चितवनः जो बिपदको समयमा उद्दारमा खटिए उनीहरुमा अहिले कोरोना पोजेटिभ देखिन थालेको छ । बिशेष गरि वाढि पहिरोको समयमा प्रदेश नम्बर १ र २ मा बिपदमा खटिएका सुरक्षा कर्मीहरुमा कोरोना पोजेटिभ भेटिएको हो ।
बिपदमा खटिएकाहरुबाट सशस्त्र प्रहरीबल नम्बर ३ गढिमाई वाहिनीमा संक्रमण फैलिएको पाईएको छ । बाढि पछिको उद्धारबाट फर्किएका आठ जनामा कोरोना संक्रमण देखिए पछि थप परिक्षण गर्दा ४२ जनामा संक्रमण फैलिएको पुष्टि भएको छ ।
यस अघि १७ जनाको नमुना परिक्षण गर्दा ८ जनामा र अहिले ६० जनाको नमुना परिक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी वल नम्बर ३ गढिमाई वाहिनी बागमती प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक मन्दिप श्रेष्ठले विपदको समयमा १ र २ नम्बर प्रदेशमा खटिएको समुहमा कोरोना देखिएको जानकारी दिनुभयो । उनीहरु बारा, झापा लगाएतका जिल्लामा एक महिना अघि उद्धारमा खटिएर फर्किएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो “बिपदबाट फर्किए पछि १५ दिन सम्म क्वारेन्टिनमा राखेका थियौं । तर अहिले आएर कोरोना देखियो ।” उहाँले थप्नुभयो “कोरोना संक्रमण देखिएका ५० जना मध्ये ९ जनामा सामान्य ज्वरो आएको थियो । अन्यमा त्यस्तो कुनै लक्ष्यण देखिएको थिएन ।”
क्वारेन्टिनमा राख्दा कुनौ लक्ष्यण नदेखिए पछि उनीहरुलाई नियमित कार्य क्षेत्रमा पठाईएको उहाँले जानकारी दिनुभयो । कार्यक्षेत्रमा खटिए पछि गरिएको नमुना परिक्षणका क्रममा कोरोना संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । संक्रमण भेटिएकाहरुलाई छुट्टै आईसोलेसनमा राखिने छ । श्रेष्ठले भन्नुभयो “उनीहरु मेस देखि व्यारेक सम्म को–को संग सम्पर्कमा आए ती सबैको कन्ट्रयाक टे«सिङको आधारमा परिक्षण गर्छौ ।” अहिले सो वाहिनीमा तीन सय जना कार्यरत रहेका छन् । जस मध्ये सशस्त्र प्रहरी नायव उपरिक्षक देखि परिचर सम्मलाई कोरोना संक्रमण देखिएको छ । यो वाहिनीले प्रदेश नम्बर तीनको उपत्यकाका तीन जिल्ला बाहेकका जिल्लाहरु हेर्ने गर्दछ । केही दिन अघि सिमा सुरक्षा वल आँपटारीमा कार्यरत एक जना सशस्त्र प्रहरी जवानमा समेत कोरोना देखिएको थियो ।
यस्तौ जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत पाँच जना प्रहरीमा पनि कोरोना देखिएको थियो । त्यसै गरि प्रहरीको थुनुवा कक्षमा रहेका २ जनामा कोरोना देखिएको छ ।