चितवनः नारायणी नदी किनारमा गोहिको आक्रमणबाट एक पुरुष घाईते भएका छन् । घाईते हुनेमा भरतपुर महानगरपलिका वडा नम्बर २४ निवासि कृष्ण वहादुर श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय दिव्यनगरले जनाएको छ ।
श्रेष्ठलाई आज साँझ ८ वजे गोहिले आक्रमण गरेको हो । सोही स्थान निवासी ५३ वर्षिय भद्र सिंह तामाङ्गलाई खोज्न जाने क्रममा उनलाई गोहीले आक्रमण गरेको हो । तामाङ्ग आज विहान ८ वजे देखि परिवारको सम्पर्कमा नआए पछि उनको खोजिका लागि स्थानीय साँझमा नारायणी नदी किनार तर्फ गएका थिए ।
तामाङ्ग अहिले सम्म सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । घाईते श्रेष्ठको अबस्था मध्यम रहेको र चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !