सरकोको निर्ण प्रति बिरोध जनाउँदै प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको छ । प्रेस काउन्सिल नेपालको सदस्य नियुक्तप्रति विरोध जनाउँदै कार्यवाहक अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट वरिष्ठ पत्रकार दीपक पाण्डे र अधिवक्ता दुर्गा भण्डारी सदस्य नियुक्त गरेका थिए ।दुवै जना आगामी ४ वर्षका लागि नियुक्त भएका हुन् ।

तर, प्रक्रिया मिचेर सदस्य नियुक्त गरेको भन्दै कार्यबाहक अध्यक्ष श्रेष्ठले सर्वोच्चमा रिट दायर गर्नुभएको हो । श्रेष्ठले दायर गरेको रिटको सुनुवाई बिहिबार हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !