काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको एसईईको नतिजा सार्वजनिक गरेको छ । आज साँझ बसेको बोर्ड बैठकले अन्तिम रुजु गर्दै नतिजा प्रकाशनको निर्णय गरेको अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिनुभयो । परीक्षाका लागि ४ लाख ८२ हजार ९ सय ८६ जनाले आवेदन दिएका थिए ।

विद्यालयबाट ४ लाख ७२ हजार ७८ जनाको प्रमाणित प्राप्ताङ्क विवरण प्राप्त भएको बोर्डले जनाएको छ । गत चैत्र ६ गतेबाट गर्ने भनिएको परीक्षा कोरोना संक्रमणको कारण देखाउँदै सरकारले अन्तिम समयमा स्थगित गरेको थियो । सरकारले विद्यालयको आन्तरिक मुल्यांकनका आधारमा नजिता प्रकाशन गर्न निर्देशन दिएपछि बोर्डले आन्तरिक मुल्यांकनका आधारमा विद्यालयहरुले पठाएको प्राप्ताङ्कलाई संकलन, रुजु र ग्रेडिङ गरी नतिजा सार्वजनिक गरेको जनाएको छ ।
नतिजामा असन्तुष्ट विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइले नै त्रुटी सच्याएर विद्यालयमा पठाउने व्यवस्था गरेको बोर्डले जनाएको छ । नतिजा प्रमाणीकरण पश्चात पुर्नयोग तथा पूरक ग्रेड वृद्धि परीक्षा भने यो वर्ष सञ्चालन नहुने बोर्डले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस !