मकवानपुरः कोरोना संक्रमणको क्रम वढ्दो रहेको छ । सामान्य नागरिक देखि अति बिशिष्ठ व्यक्तिहरुलाई समेत कोरोनाको संक्रमण देखिन थालेको छ ।
यसै क्रममा बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपसभामुख तामाङमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपसभामुख तामाङ सहित उहाँका छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । नुवाकोटा जिल्ला दुप्चेश्वर गाउँपालिका–६ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक टे«सिङको क्रममा उपभासमुख तामाङको स्वाब परीक्षण गरिएको थियो ।
सचिवालय स्रोतले भन्यो, “वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिको क्रममा स्वाब परीक्षण गराउँदा आज रिपोर्ट पोजेटिभ आएको हो । उहाँसहित सचिवालयको सबैको स्वाब परीक्षण गरिएको थियो ।”
सचिवालयले उपसभामुखको सम्पर्कमा आएका सबै जनालाई जानकारी गराइसकेकोले समुदायलाई कोरोना भाइरस संक्रमणको विषयमा त्रसित नबन्न समेत आग्रह गरेको छ । दुप्चेश्वर गाउँपालिका–६ का वडा अध्यक्ष र उपसभामुख तामाङबीच गत साउन १७ गते भेटघाट भएको थियो ।