चितवनः नेपाल विद्यार्थी संघ इकाई कार्यसमिति बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा आज क्याम्पसमा ताला लगाएको छ । नेविसंघको केन्द्रीय कार्यक्रम अन्तर्गत आज सोमबार देशभरका क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको हो । इकाई सभापति अनमोल अधिकारीद्धारा जारी बिज्ञप्तिमा तालाबन्दी गरिएको जानकारी गराइएको हो ।

नेविसंघले विद्यार्थी हकहितका लागि उठाएका मागहरू सम्बन्धी त्रिवीका पदाधिकारीसँग वार्ताको पहल गर्न जाँदा सम्झना खत्री लगायत त्रिवीका ८ जना विद्यार्थी नेताहरूलाई पक्राउ परेका छन् । त्यसैगरी विरगञ्जमा कोरोना सङ्क्रमण सम्बधी उपचारमा भएको अस्पतालको लापरवाही विरूद्ध र सङ्क्रमणकै कारणबाट मृत्यु भएकाहरूलाई क्षतिपूर्ति तथा नियमित स्वास्थ्य सेवा सुचारूको माग राख्दा पक्राउ परेका नेविसंघ नेता विकास तिवारीलाई रिहा गर्नुको साटो झुठा मुद्दा लगाई फसाईएको घटनाको विरूद्धमा तालाबन्दी गरिएको अधिकारीले बताउनुभयो ।

यसैबिच नेबिसंघले भोली विहान बिरेन्द्र क्याम्पस गेट अगाडी प्रदर्शन गर्ने भएको छ । केन्द्रको निर्देशन अनुसार बिहान १० जना बिद्यार्थी नेता जम्मा भएर बिरोध प्रदर्शन गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस !