चितवनः कोरोना संक्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्बी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ ।
निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका वडा नम्बर १ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडे पछि प्रहरीले हवाई फायर गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार स्थानीयको भिड जम्मा भएर निषेधाज्ञा तोडेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो ।

निषेधाज्ञाको समयमा भिडभाड गरेको र स्थानिय दुईपक्षबिच झडप हुने अवस्था आएपछि भिडलाई नियन्त्रणमा लिदैं निषेधाज्ञा कार्यान्वयनका लागि हवाई फायर गरिएको उहाँले जानकारी दिनुभयो । भिडलाई उत्तेजित गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३२ वर्षिय ठाकुर बतौंला रहेको ईलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।

राप्ती नगरपालिका प्रमुख प्रभा वरालले पिप्ले मन्दीरमा पुजा गरिएको ढुङ्गा सोहि नगरपालिकाको पाख्रिबासकी सस्वती पुन नाम गरेकी महिलाले लगे पछि स्थानीयले ढुङ्गा फिर्ता ल्याउनु पर्ने भन्दै भेला भएका थिए । ती महिलाले सपनामा भगवानले सो ढुङ्गा ल्याउन भनेको भन्दै लगेको प्रहरीले जनाएको छ । ढुङ्गा फिर्ता ल्याउन भेला भएका स्थानीयहरुलाई सुरक्षाकर्मीले रोके पछि झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस !