काठमाडौंः बिबादमा फसेको नेकपालाई बिबादबाट निकाल्नका लागि वनाईएको कार्यदल सचिवालय बैठकले अनुमोदन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक कार्यदल अनुमोदन गर्दै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पाटीभित्रको विवाद समाधानका लागि कार्यदल गठन गर्ने निर्णयलाई स्वागत गर्दै अनुमोदन गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवाद समाधानका लागि कार्यदल गठन गर्ने दुई अध्यक्षको निर्णयलाई स्वागत र अनुमोदन गर्दैै विवाद समाधानका लागि उपयुक्त उपाय निकाल्न शुभकामना समेत दिएको जानकारी दिनुभयो ।

यसअघि दुई दिनअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच विवाद समाधानका लागि कार्यदल बनाउने सहमति भएको थियो ।

महासचिव विष्णु पौडेलको नेतृत्वमा रहेको कार्यदलमा अध्यक्ष ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा २–२ जना सदस्य रहेका छन् ।

बैठकपछि प्रवक्ता श्रेष्ठलाई मन्त्रिपरिषद हेरफेर समेत भएको हो भनेर गरिएको प्रश्नको जवाफमा उहाँले भन्नुभयो “कार्यदललाई विवाद समाधानका लागि काम गर्न दिन्छौं । कार्यदलको सुझाव नआएसम्म केही पनि निर्णय हुँदैन ।”

प्रतिक्रिया दिनुहोस !