चितवनः पदको दुरुपयोग गर्दै स्थानीय तहका जनप्रतिनिधिहरुले अबैध काम गर्दै आएको पाईएको छ । तस्कर संग मिल्ने देखि लिएर बिभिन्न अपराधिक कृयाकलामा संलङ्गा हुने गरेको बिभिन्न समयमा संञ्चार माध्यमा आई रहँदा चितवनका जनप्रतिनिधि पनि अछुतो रहेन सकेन्न ।

अवैध रुपमा सालको काठ राखेपछि ईच्छाकामना गाँउपालिकाका वडा सदस्य बाबुकाजी त्रिपाठी विवादमा मुछिएका छ । उनले कुरिनटारमा संचालन गरेको इच्छाकामना फर्निचरमा चिरानका लागी राखेको काठ बरामद भएको छ । अवैध काठकरुपमा राखिएको सालको काठ भेटिएपछि इच्छाकामना गाँउपालिका वडा नम्बर चारका सदस्य त्रिपाठी अनुसन्धानको घेरामा तानिएका छन ।

उनी पूर्व माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य हुन । जिल्ला वन कार्यालयको टोलीले त्रिपाठीको फर्निचरबाट गोलाई बरामद गरेको हो । सालको गोलाईको स्रोत खुलेको छैन । उनले स्थानिय शंकर नेपालको निजी जग्गामा लगाएको साल ल्याएको बताएका छन । तर प्रारम्भिक अनुसन्धानबाट त्यो नदेखिएको वन कार्यालयले जनाएको छ ।
त्रिपाठीको फर्निचरबाट तीनय सय ९५ क्यूफिट सालको गोलाई काठ जिल्ला वन कार्यालयमा राखिएको छ । उक्त काठको विषयमा अनुसन्धान थालिएको जिल्ला वन कार्यालय चितवनका सुचना अधिकारी बालकृष्ण खनालले बताजानकारी दिनुभयो । “काठ कहाँबाट ल्याएको हो भन्ने प्रमाण देखिएको छैन” खनालले भन्नुभयो “पहिला काठ कहाँबाट आयो भन्ने कुराको खोजी हुन्छ ।” स्थानियको सुचनाको आधारमा काठ बरामद गरिएको हो । फर्निचरमा राखेको सुराकी पाएपछि काठ बरामद भएको हो । चार कट्ठामा लगाएको सालको रुख कटान गरिएको हो । पदमराज नेपालले अनुसन्धान भइरहेको बताउनुभयो ।
निजी जग्गामा लगाएको भएपनि नेपाल सरकारले सालको काठको ओसारपोसार विक्रि वितरणमा पूर्ण रुपमा रोक लगाएको छ । २०५७ साल फागुन १ गतेबाट प्रतिबन्ध गरेको हो ।

प्रतिक्रिया दिनुहोस !