काठमाडौंः बिबादको उच्च तह सम्म पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक सोमवार बिहान बस्ने भएको छ ।

बिहान ११ बजे बस्ने सचिवालय बैठक पार्टीभित्रको विवाद हल गर्ने उद्देश्यसहित बोलाइएको हो । बैठक बिहान साढे ९ बजे बस्नेछ ।

पार्टीको आन्तरिक विवादबीच गत १३ साउनमा स्थायी कमिटी बैठक स्थगित भएपछि अझै निरन्तरता पाउन सकेको छैन ।

यसबीचमा अध्यक्षद्धद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच सहमति भएपछि विवाद हल गर्ने प्रयासस्वरुप महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाइएको थियो । सो कार्यदलले काम गरिरहेको बेला नेकपाले सचिवालय बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस !