कोरोनका संक्रमण पुष्टि भएका परिवारका दुई जनाको विराटनगरमा मृत्यु भए छ । विराटनगर–९ की ६२ वर्षीय महिला र विराटनगर–३ की ८७ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको हो ।

उनीहरू दुवैको परिवारका सदस्यमा कोरोना पुष्टि भएपछि मृत्यु हुनुअघि नै १ जनाको कोरोना परीक्षण गरिएको थियो । तर, रिपोर्ट नआउँदै १ जनाको मृत्यु भएको हो भने अर्की महिलाको परीक्षण नै भएको थिएन ।

विराटनगर–९ की ६२ वर्षीया वृद्धाको शनिबार राति मृत्यु भएपछि आइतबार बिहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको वडाअध्यक्ष विश्वनाथ भगतले जानकारी दिनुभयो।

वृद्धाको परिवारका १ सदस्य ४५ वर्षीय पुरुषको यसअघि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । वृद्धामा मधुमेह र मृगौलाको समस्या रहेको बताइएको छ । उनका २ छोरा र १ छोरीमा पनि कोरोना देखिएको छ । जसमध्ये १ छोरा सम्पर्कविहीन रहेको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !