चितवनः कोरोना संक्रमण वढ्दै गएको भन्दै स्थानीय प्रशासनले भरतपुर महानगरपालिका भित्र निषेधाज्ञा जारी गरे संगै यसको व्यवसायीहरुले नै बिरोध जनाएका छन् । फेन्सि व्यवसायी हरि प्रसाद अर्यालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै विहान र वेलुका गरी ६ घण्टा संञ्चालन गर्न दिईएका अत्याबश्यक सामाग्रिका पसलखोल्न दिईएकोमा बिरोध जनाउनु भएको हो ।
उहाँले लेख्नुभएको छ “भरतपुरमा आज देखि गरिएको निषेधाज्ञाको केहि अर्थ देखिन मैले । प्रशासनको सूचना पनि राम्रो संग पढे प्रशासनका अनुसार बिहान ३ घण्टा र वेलुका तीन घण्टा अत्याबश्यक सामाग्री खरिदका लागी खुल्ला रहने रे । मैले बुझ्न नसकेको बिहान र वेलुका कोरोना अत्याबश्यक सामान खरिद गर्दा सर्दैन की के हो ?” यस्तै “यदी निषेधाज्ञा जारी गर्ने भए पुरै साता दिन सबै वन्द गर होईन भने यो अत्याबश्यक सामान को नाममा यो रमिता नगर कोरोना नेपालमा फैलियको यहि अत्याबश्यक सामान किन्ने ठाउँबाट हो । तेसैले निषेधाज्ञाको बिरोध गर्दछु ।”
व्यवसायीलेनै अत्याबश्यक सामान खरिद बिक्रि गर्ने ठाउँलाई कोरोनाका हब भन्दै यसको समेत बिरोध जनाएका हुन । यस्तै अर्का व्यवसायी तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष खिमलाल अर्यालले पनि निषेधाज्ञाको बिरोद गरौ भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्नु भएको छ । उहाँले लेख्नु भएको छ “निषेधाज्ञाको बिरोध गरौ, कोरोनाले ज्यानको जोखिम छ । समर्थन गर्न चाडवाडमा व्यापार गरौला भनेर उत्साहित भएको पसल व्यवसायीक वन्द छ ।“
यस्तै संघका सदस्य तथा अर्का व्यवसायी सन्तोष पाण्डेले पनि सामाजिक सञ्जाल मार्फत निषेधाज्ञाको बिरोध गर्नु भएको छ । उहाँले लेख्नुभएको छ “निषेधाज्ञा जनताले टुलुटुलु सहने विवशता तोडिनसक्छ र तोडिनु पनि पर्छ ।” उहाँले सामाजिक सञ्जालमा मध्यमबर्गिाय व्यवसायीहरु पनि आफ्नो जीवन र परिवार प्रति सचेत र जिम्मेवार छौ जति अन्य क्षेत्रमा रहनुभएका व्यक्तिहरु हुनुहुन्छ । उहाँले अहिले गरिएको निषेधाज्ञालाई धनाड्यरुको आवाज भएको समेत आरोप लगाउनु भएको छ ।
उनीहरु सबैको पोष्टमा अत्याबश्यक वस्तुको नाममा दैनिक ६ घण्टा व्यवसाय खोल्नु समेत गलत भएको जनाईएको छ । सबै व्यवसाय पूर्ण रुपमा बन्द गर्न सके मात्रै कोरोना नियन्त्रणमा मद्धत पुग्ने उहाँहरुको भनाई छ ।