
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुमा देखिएको बिबाद मिलाउने तयारी भई रहेको समयमा नेकपा नेताहरुले सचिबालय वैठक बोलाउन माग गरेका छन् । बिबाद सामाधानका लागि कार्यदल गठन गरे संगै सचिबालय बैठक वोलाउन माग गरेका हुन ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यदलबारे नयाँ विवाद देखापरेको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।
कार्यदलको कार्यदेश प्रष्ट नभएको र कार्यदल गठनको आवश्यकता किन पर्यो भनेर पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले अध्यक्षप्रचण्डलाई प्रश्न उठाएका छन् ।
शनिबार बिहान पार्टी अध्यक्ष प्रचण्डको निवासमा चारजना नेताको बैठक बसेको थियो । अनौपचारिक बैठकमा प्रचण्डले शुक्रबार ओलीसँग भएको कुराकानी र कार्यदलबारे नेताहरूलाई जानकारी गराएका थिए । बैठकमा वरिष्ठ नेताद्वय खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालयको बैठक डाक्न माग गरेको स्रोतले जानकारी दियो ।
“पार्टी कमिटीको बैठक चलिरहेका बेला कार्यदलको आवश्यकता किन पर्यो? कार्यदल नै बनाउने हो भने ठूलो दायरामा छलफल गरेर बनाउनुपर्थ्यो । कार्यदल बनी नै सकेको अवस्थामा अब सचिवालय बैठक बोलाएर त्यसले कार्यदेश (टीओआर) दिनुपर्छ,” एक सचिवालय नेताले बताउनुभयो।
शुक्रबार अध्यक्षद्वयले महासचिव पौडेलको नेतृत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, जनार्दन शर्मा, फम्पा भुसाल सदस्य रहेकोको कार्यदल बनाएको थियो ।
पार्टीभित्रको विवाद समाधान गर्न लिखित सुझाव दिन भनिए पनि इतरसमूहले सचिवालयले बसेर कार्यदललाई काम दिनुपर्ने सर्त अघि सारेको हो ।