काठमाडौंः कोरोना संक्रमण समाजमा फैलिएको भन्दै देशभरका स्थानीयतहहरुले लकडाउन तथा निषेधाज्ञा जारी गरिरहेका छन् । यसै क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० मा ५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ ।
केही समयदेखि वडामा कोरोनाको सङ्क्रमण बढ्दै गइरहेको भन्दै साउन २९ गते बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिले वडाभित्र कुनै पनि स्थानमा ५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध गरेको हो ।
त्यस्तै, वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्यान्डबल ग्राउन एरिया, बालुवाखानी चोक, रुद्रमती चोक र फ्रेन्डसिप क्लब क्षेत्रमा ठेलागाडा व्यापार, व्यवसाय फुटपाथ व्यापार गर्न र भेला हुन निषेध गरिएको वडाध्यक्ष नवराज भट्टराईले बताउनुभयो ।
समितिले बूढानीलकण्ठ नगरपालिकाले कोरोना रोकथामका लागि निकालेको सूचना पालना गराउन वडालाई आग्रहसमेत गरेको छ ।