चितवनः भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राती १२ वजेबाट निषेधाज्ञा जारि गरिए संगै यहाँका जनजीवन ठप्प भएको छ । उद्योग, कालकारखाना, वजार, यातायात न्यूनमात्र चलेका छन् । अत्याकश्यक वाहेकका अन्य क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारीएको हो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईद्धारा जारी एक सूचनामा भदौं ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
निषेधाज्ञा जारी भए संगै जिल्ला भएर राजमार्गमा चल्ने अत्याबश्यक र लामो दुरीका सवारी साधन मात्र चलेका छन् । निषेधाज्ञा पछि स्थानीयहरु घरमानै रहेका छन् ।
अत्याबश्यक सामाग्री खरिदका लागि विहान र वेलुका ५ वजे देखि ८ वजे सम्म पसलहरु खोल्न दिईएको छ । विहानीपाख सामान्य चहलपहल भए पनि बिस्तारै चहलपहल घट्दै गएको छ । कोरोना संक्रमण वढ्दै गए पछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भरतपुर महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो । आदेशको अवज्ञा गरिएमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने उहाँले बताउनुभयो । पछिल्लो समय चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिदै गएकोले यसलाई नियन्त्रण गर्न निषेधाज्ञा गर्नुपरेको उहाँको भनाई छ ।
भरतपुर महानगरमा गएको चार दिनमा ३० जनामा कोरोना संक्रमण देखिएको छ । हाल सम्म १ सय जनामा संक्रमण देखिएकोमा एक जनाको मृत्यु भएको छ भने अन्य निको भएका छन् । कोरोनाको संक्रमण वढ्दै गए पछि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !