चितवनः नेपाल बिद्यार्थी संघ चितवनले आज चिकित्सकमाथि भएको व्यवहार प्रति आपत्ति जनाएको छ । नेबिसंघ चितवनका उपाध्यक्ष राजन दाहालले सामाजिक सञ्जालमा पोष्ट गर्दै जनप्रतिनिधि बाटै कोरोना संक्रमिति चिकित्सकलाई हतोत्साहित गर्ने काम भएको भन्दै यस्तो नगर्न स्थानीय सरकारका प्रतिनिधि र सामाजिक अगुवाहरुलाई चेतावनी दिनुभएको छ ।
उहाँले लेख्नु भएको छ “सधै चर्चामा भरतपुर महानगर । कहिले कुन बिषय त कहिल कु्न विषय । अहिले कोरोना संक्रमणको समयमा समेत जनप्रतिनिधिले चिकित्सकको मनोवल गिराउने काम गरियो ।”उहाँले थप्नु भएको छ “यस्तो गरे नेबिसंघ आन्दोलनमा उत्रने छ ।” कोरोना संक्रमणको समयमा अग्र मोर्चामा रहेर उपचारमा खटिने स्वास्थ्य कर्मीलाई वडा अध्यक्ष सहित टोल सुधार समितिले गरेको व्यवहारले चिकित्सकको मनोवल गिर्ने उहाँले बताउनुभयो ।
पछिल्लो समय नीजि अस्पतालहरुले बिरामीको परिक्षणमा समेत चासो नदिएको प्रति पनि उहाँले सामाजिक सञ्जालमा गुनासो गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !