
चितवन : चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्धार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन् । साउन १५ गतेबाट खुलेका होटल बन्द भएका हुन ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईका अनुसार सरकारले होटल वन्द गर्ने भने संगै पुनः वन्द भएका हुन । त्यस अघि चैत ११ गतेबाट बन्द भएका होटल चार महिना पछि संञ्चालनमा आएका थिए । कर्मचारी बोलाएर सरसफाई, मर्मत सम्भार, रंग रोगन, इन्टरनेट जडान लगाएतका काम सकिन नपाउँदै पुनः होटल बन्द भएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “हामीले कति दुःख पाउने कर्मचारी वोलायौं, खर्च ग¥यौं, फेरी वन्द गर्नुप¥यो ।” रोगको संक्रमणका कारण वन्द गर्नु बाध्यता भए पनि खोल्ने र वन्द गर्ने गर्नुपर्दा नोक्सान वढि भएको उहाँको भनाई छ ।
संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो दशैं अघि होटल खोल्नुको औचित्य नहुने बताउनुहुन्छ । संक्रमण वढ्दै गएकाले जिल्लाहरु लकडाउन संगै लामो दुरीका सवारी साधन वन्द हुँदा होटलमा ग्राहक नआउने उहाँको भनाई छ ।
होटलहरु संगै रेष्टुरेन्टहरु पनि बन्द हुन थालेका छन् । किनेर लैजाने ग्राहक कम हुने भएकाले रेष्टुरेन्टमा ग्राहक नआउने व्यवसायीहरुको भनाई छ । सौराहामा १ सय १० होटल रहेका छन् । यसै गरि साना ठूला १ सय हाराहारी रेष्टुरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्ष रुपमा ५ हजार ५ सयभन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।