हेटौडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई हटाउन चलखेल सुरु भएको बताउनु भएको छ । उहाँले मकवानपुरकै सांसदबाट यो खेल सुरु गरिएको आरोप लगाउनुभयो ।
उहाँले जिल्लाकै सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएर मुख्यमन्त्रीबाट हटाउन खोजेको आरोप लगाएका हुन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको पाँचौ जिल्ला सभालाई सम्बोधन गर्दै पौडेलले मकवानपुरबाट आफूलाई हटाउन खोजेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
“मलाई मकवानपुरबाटै हटाउने खेल भइरहेको छ । यहीँका सांसदहरूले अविश्वासको प्रस्ताव ल्याएर हटाउन खोज्नुभएको छ,” पौडेलले भन्नुभयो । उहाँले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न मकवानपुरबाटै सुरु भएको पनि आरोप लगाउनुभयो ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर पनि गरेका हुन् । त्यो पनि मकवानपुरबाटै सुरु भएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । मुख्यमन्त्रीबाट आफूलाई हटाइए पनि कुनै चिन्ता भने नभएको पौडेलले धारणा छ । उहाँले स्थानीय तहहरूले आफू सिंहदरबार भएको भन्दै दम्भ देखाएको बताउनुभयो ।
“स्थानीय तहहरूले सिंहदरबार भन्ठानेर दम्भ देखाएका छन् । मैले उहाँहरूलाई राम्रो काममा प्रतिस्पर्धा गर्न निर्देशन दिएको छु”, पौडेल भन्नुभयो ।
मुख्यमन्त्री पौडेलले भ्रष्टाचार गर्न खोज्ने कर्मचारीलाई आफैँले अख्तियारको जिम्मा लगाएको बताएका छन् ।
“प्रदेश सरकारमातहतका १२ जना कर्मचारीले भ्रष्टाचार गर्न खोजेकाले अख्तियारको जिम्मा लगाएको छु”, उहाँले भन्नुभयो । भ्रष्टाचार गर्ने कसैलाई पनि नछोड्ने पौडेलको दाबी छ ।