धनगढीः सांसद रेशम चौधरीसहित टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै मोर्चाले थरूहट, थारूवानसहितका राष्ट्रिय मोर्चाले संघर्षका कार्यक्रम घोषणा गरेको छ । आज धनगढीमा पत्रकार सम्मेलन गरी देशव्यापी विरोधसभादेखि सशक्त रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संयुक्त विज्ञप्ति जारी गर्दै मोर्चाहरूले सांसद चौधरीसहितका ११ जनाको ससम्मान रिहाइ नगरिए थारूवान् र खस क्षेत्रमा प्रवेश निषेधसँगै सामाजिक बहिस्कार गरिने थरूहट,थारूवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले बताउनुभयो।

उनका अनुसार २५ साउनमा प्रदेश सरकारलाई ज्ञापन बझाउने, २ भदौमा मावन अधिकार तथा नागरिक अगुवाहरूसँग छलफल गर्ने, ७ गते विरोधसभा, ८ गते टीकापुर घटनालाई स्मरण गर्दै कालो दिनको रूपमा मनाउने, ३ असोजमा देशव्यापी संविधानका धारा जलाउने र माग पूरा नभए दशैँ तिहारमा आन्दोलनका नयाँ कार्यक्रमहरू ल्याउने छ।

८ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको घटनालाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने मोर्चाको मुख्य माग छ । टीकापुर घटनामा दोषी ठहरिएका चौधरीलगायत अन्य १० जनालाई ३ महिनाभित्र स–सम्मान रिहाइ गर्नुपर्ने मोर्चा माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस !