डोल्पाः कोरोना संक्रमणको समयमा निशुलक उपचार गर्न डोल्पा पुग्नु भएका डा. गोबिन्द केसीलाई स्थानीय सरकारले रोक लगाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका विकट हिमाली जिल्लामा निःशुल्क हाडजोर्नी विशेषज्ञ सेवा दिँदै आउनुभएका डा. केसीलाई डोल्पाको जगदुल्ला गाउँपालिकाले रोक लगाएपछि केसी मुगु पुग्नु भएको छ । निःशुल्क उपचार सेवा दिन मुगु पुग्नुभएको हो ।
जुम्लाको खलंगाबाट २ दिन पैदल हिँडेर १३ साउनमा डोल्पा पुगेका केसीलाई जगदुल्ला गाउँपालिका–६, रिमीमा निःशुल्क हाडजोर्नी विशेषज्ञ सेवा प्रदान गर्न डा. केसीलाई गाउँपालिकाले रोक लगाएको थियो ।

गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधिले निःशुल्क सेवा दिन अवरोध गरेपछि निराश भएर फर्केका डा. केसी मुगु जिल्ला अस्पताल ठिनी पुगेर बिहीबारदेखि बिरामीको निःशुल्क स्वास्थ्य जाँच गर्न थाल्नुभएको छ ।निःशुल्क सेवा दिन केसी मुगु पुगेपछि हाडजोर्नीका बिरामीलाई लक्षित गरेर सार्वजनिक सूचना जारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख निर्मल नगरकोटीले बताउनुभयो ।

हिँडेर नै विकट क्षेत्रको पैदल यात्रा गर्ने र हाडजोर्नीका बिरामीलाई डा.केसीले निःशुल्क सेवा दिँदै आउनुभएको छ । डा. केसीले सुदूरपश्चिमका डडेल्धुरा, बझाङ, बाजुरा, बैतडी, दार्चुला, अछाम, कर्णालीका कालीकोट, हुम्ला, जुम्ला र मुगुमा निःशुल्क सेवा दिएका छन् ।

डोल्पाको विटक क्षेत्रमा शिविर चलाउन पुगेका डा।केसीलाई डोल्पाका जगदुल्लामा शिविर चलाउन नपाएपछि निराश भएको उहाँले बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !