काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीभित्रको आन्तरिक गतिरोधका विषयमा सम्पादकहरुसँग छलफल गर्ने भएका छन् ।
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले आज दिउँसो २ बजे सम्पादकहरुलाई काठमाडौंको मेरियट होटलमा छलफलका लागि बोलाएको स्रोतले जनाएको छ।
अध्यक्ष सहितका चारजना नेताको आग्रहमा भेटघाटको संयोजन नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल र अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले गर्नुभएको छ ।
पार्टीभित्रको आन्तरिक गतिरोध वढ्दै जाँदा नेताहरुले पत्रकारलाई बोलाएर परामर्श थालेका हुन् ।