चितवनः कोरोनाको वढ्दो संक्रमण र बाढि पहिराको बाबजुत नेपाली काङ्ग्रेस १४ औं महाधिबेशनको तयारीमा जुटेको छ । गाउँ तहमा क्रियाशिल सदस्यता वनाउने अभियानमा नेपाली काङ्ग्रेस जुटेको हो ।
काङ्ग्रेसले यस अघि रहेको क्रियाशिल सदस्यको ५० प्रतिशत थप गर्न र नविकरणका लागि वडा तहमा काम गरिरहेको छ । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका ९८ वडा मध्ये धेरैले पुरानो क्रियाशिल सदस्य नविकरण र थप क्रियाशिल सदस्य बितरण कार्य सम्पन्न गरि नगर समितिमा पठाई सकेका छन् ।
यो महिना भित्रमा वडाले नगर, प्रदेश, क्षेत्र हुँदै जिल्ला समितिमा पठाई सक्नुपर्ने हुन्छ । श्रेष्ठले भन्नुभयो “कोरोनाको जोखिमका कारण उच्च साबधानी अपनाउँदै वडा तहमा काम भईरहेको छ ।” ठाउँ–ठाउँमा पार्टी प्रबेशको लहर पनि चलेको उहाँले बताउनुभयो । लकडाउन खुले संगै यस अघि रोकिएको क्रियाशिल सदस्यको काम सुरु भएको हो । यस अबधिमा जिल्लामा पाँच सय भन्दा वढिले बिभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेश गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा यस अघि २० हजार चार सय क्रियाशिल सदस्य थिए । पुनः १० हजार २ सय सदस्य थप हुँदै छन् । कतिपयले नविकरण नगर्ने हुँदा २८ हजारको सेरोफेरो क्रियाशिल सदस्य हुने श्रेष्ठ वताउनुहुन्छ । गएको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसले समानुपातिकमा ९४ हजार मत पाएको थियो । आउँदो पार्टीको निर्वाचनमा तीन निर्वाचन क्षेत्रबाट २५ जनाका दरले ७५ जना महाधिबेशन प्रतिनिधि र ६ प्रदेश बाट १७ जनाका दरले १ सय २ जना प्रदेश प्रतिनिधि चयन हुने छन् । महाधिबेशन प्रतिनिधि भएको व्यक्ति मात्र जिल्लाको सभापतिका लागि उम्मेदवार हुन योग्य हुन्छ । सभापतिका लागि क्रियाशिल सदस्य वनेको १० वर्ष पुगेको हुनु पर्छ ।
नेपाली काङ्ग्रेसको चितवनमा वडाको निर्वाचन पुष ६ गते, नगरको ८ गते, प्रदेशको ११ गते, क्षेत्रको १३ गते र जिल्लाको १६ गतेका लागि तोकिएको छ । माघमा प्रदेशको र फागुन ७ गते केन्द्रिय महाधिबेशन हुँदै छ । जिल्लामा नेतृत्वका लागि जिल्ला नेताहरुले दौडधुप सुरु गरेका छन् । जिल्ला भरबाट क्रिाशिल सदस्यले निर्वाचित गरि पठाएका २ हजार ७ सय प्रतिनिधिले जिल्ला अधिबेशनमा भाग लिने छन् ।






