काठमाडौंः कोरोना भाइरस (कोभिड १९) जस्तै लक्षण देखिएर मृत्यु भएका सप्तरीका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ ।
फर्किर घर क्वारेन्टाइनमा बसिरहेका सप्तरीको रूपनी गाउँपलिका–५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि पीसीआर पोजिटिभ देखिएको हो ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार कोरोनाबाट मृत्यु भएका पुरुष ४५ दिन पहिले मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसिरहेका थिए । तर, मंगलबार अचानक ज्वरो आएर श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि धरान रेफर गरिएको थियो । धरान लैजाँदै गर्दा मंगलबार राति बाटोमै उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !