दार्चुलाः आमाको हत्या गरेको अभियोगमा छोरालाई पक्राउ गरिएको छ । दार्चुलाको दुँहु गाउँपालिका– ३ ब्रह्मदेवकी ८० वर्षीया नारुदेवी बम मृत फेला परेपछि उनका छोरालाई प्रहरीले पक्राउ गरेको हो ।
बमको शव घरभन्दा २० मिटर टाढा फेला परेको दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो। वृद्धाको हत्या गरेर शव फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।
मृतकको घाटीमा निलडाम देखिएको र शरीरको अन्य भागमा कुनै घाउ नदेखिएकोले घाटी च्यापेर हत्या गरेको प्रारम्भिक अनुमान गरिएको दार्चुला प्रहरीले जनाएको छ ।  आमाको हत्या आशंकामा छोरालाई पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । मृतकको प्रकृति हेर्दा हत्या गरेको जस्तो देखिने भएकाले अनुसन्धानका लागि मृतक वृद्धाका छोरा ५३ वर्षीय नरबहादुर बमलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक जोशीका अनुसार नियन्त्रणमा रहेका बमलाई सोधपुछ गर्ने काम भइरहेकोले छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ ।

प्रतिक्रिया दिनुहोस !