चितवनः माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा आयोजित बिरोध सभामा बोलेको अभिव्यक्ति प्रति नेपाल प्रेस युनियन चितवनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । युनियनका अध्यक्ष अनिल ढकालद्दारा जारी बिज्ञप्तिमा भनिएकोछ “चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीहरुलाई वर्षातको समयमा हटाएसंगै सो घटनाको विषयमा विभिन्न संचार माध्यम मार्फत समाचार प्रकाशित भईरहेका छन । तीनै समाचारको विषयमा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले सार्वजनिक कार्यक्रममा पत्रकारहरुलाई कालोमोसो दल्ने धम्कि सहितको अभिब्यक्ति प्रति नेपाल प्रेस युनियन चितवनको गम्भिर ध्यानाकर्षण भएको छ ।”
माडी क्षेत्रमा ढकालकै नेतृत्वमा काटिएका सालका रुखका विषयमा आएको समाचार प्रति खण्डन गर्दै समाचार लेख्ने पत्रकारहरुलाई पित पत्रकारिताको सज्ञा दिदै जनतालाई कालोमोसो दल्न उत्प्रेरित गरिएको अभिब्यक्ति आम पत्रकारमाथीको प्रहार हो भन्ने ठहर युनियनले गरेको छ । उक्त भनाई अविलम्ब फिर्ता लिई आगामी दिनमा यस्ता गैरजिम्मेवार अभिब्यक्ति नदिन ढकालद्दारा जारी बिज्ञप्तिमा आग्रह गरिएको छ । साथै बिज्ञप्तिमा जनप्रतिनिधिका धम्कीबाट विचलित नभई सत्यतथ्य समाचार सम्प्रेषणमा जुट्न आम पत्रकारहरुलाई अनुरोध समेत गरिएको छ ।
युनियनका अध्यक्ष ढकाल द्धारा जारी बिज्ञप्तिमा स्वतन्त्ररुपमा पेशागत धर्म निर्वाह गर्ने पत्रकारमाथि कुनै पनि पक्षबाट दुव्र्यवहार हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै यस्ता घटना नदोहो¥याउन सम्बन्धित सबैलाई आग्रह समेत गरिएको छ ।
माडी नगरपालिकाले कुसुम खोलाका सुकुम्बासी चेपाङ्ग सुदायलाई स्थानान्तरण गर्ने भन्दै सोही वडाको राईडाँडामा रहेका सालका रुखहरु बिना अनुमति काटिएको थियो । सो स्थानका ४८ वटा सालका रुख काटिएको निकुञ्जले जनाएको छ । निकुञ्ज संगको अनुमति वेगर रुख काटिएपछि ढकाल बिबादमा तानिनु भएको थियो । यस बिषयमा निकुञ्जले अध्ययन प्रतिबेदन समेत मन्त्रालयमा पठाई सकेको छ ।

प्रतिक्रिया दिनुहोस !