
चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला भित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ । आज (सोमबार) एक सुचना जारी गर्दै प्रशासन कार्यालयले जिल्ला भित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको हो ।
जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला तथा अन्य संघ संस्थाहरुले भेला तथा बैठक सञ्चालन गरेको जानकारी आएको भन्दै प्रशासनले यस्तो निर्देशन दिएको हो । भेला तथा बैठक सञ्चालन गर्दा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भएकोले त्यस्ता प्रकारको कुनै पनि गतिविधी नगर्न नगराउन प्रशासनले निर्देशन दिएको हो ।
प्रशासनले निर्देशन अवज्ञा गरी यस्ता कार्यालय सञ्चालन गरेको पाइएमा संक्रामक रोग एन २०२० अनुसार कारबाही गरिने जनाएको छ । जिल्लाका सातवटै स्थानीय तह, शिक्षा बिकास तथा समन्वय इकाई, गैरसरकारी संस्था महासंघ चितवन र जिल्ला सहकारी संघका आवश्यक समन्वय र सहजिकरण गर्न आग्रह पनि गरेको छ ।