चितवनः जिल्लाका बिभिन्न स्थानमा सरकारले गरेको कोरोना नियन्त्रण अभियानमा असहयोग गर्ने ७ सय ७३ जना कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आईतबार र सोमबार गरि उनीहरुलाई नियन्त्रणमा लिई जरिवाना गरिएको हो ।
जिल्लाका विभिन्न स्थानहरुमा न्यूनतम सामाजिक, भौतिक दुरी कायम नगरी सवारी साधन संचालन गर्ने, सार्वजनिक कार्यमा सामाजिक, भौतिक दुरी कायम नगर्ने र मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा हिंडडुल गरेका उनीहरुलाई कारवाही गरिएको कार्यालयका प्रबक्ता सूर्य वहादुर थापाले जानकारी दिनुभयो । उनीहरुलाई संक्रमण रोग ऐन, २०२० बमोजिम कारबाही गरिएको उहाँले बताउनुभयो । जनही रु १ सय र रु ५ सयका दरले जरिवाना गरि उनीहरुलाई छाडीएको छ । कारवाहीबाट रू.८३ हजार ५ सय संकलन भएको थापाले जानकारी दिनुभयो ।