चितवन – चितवनमा होम क्वारेन्टिनमा मृत्यु भएका वृद्धको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार होम क्वारेन्टिनमा मृत्यु भएका कालिका नगरपालिका ८ का वृद्धको रिपोर्ट नेगेटिभ आएको हो ।
भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा आज (आइतबार) उनको कोरोना परीक्षण गरिएको थियो । भारतबाट आएर होम क्वारेन्टिनमा बसेका वृद्धको शुक्रबार मध्यान्न १२ बजे निधन भएको थियो ।
उनी करिब २ साता अघी मात्र भारतबाट आई होम क्वारेन्टिनमा बसेका थिए । शुक्रबार बिहान खेत खनेर घर आएपछि खोकी लागेको र केही बेरमा नै मृत्यु भएको कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले बताए ।
उनी घर आएको बिषयमा कसैलाई पनि जानकारी नगराईएको र आएको तीन दिन पछि मात्र समुदायले जानकारी पाएका थिए । त्यसपछि उनलाई होम क्वारेन्टिनमा राखिएको थियो । उनी सँगै आज नै स्वाब परीक्षण गरिएको अन्य ११८ जनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाकारी दिएको छ ।