चितवनः पूर्बी चितवनको कालिका नगरपालिका वडा नम्बर ८ मा होम क्वारेन्टिनमा रहेका एक वृद्धको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन ८ गते भारतबाट आई होम क्वारेन्टिनमा रहेका ६९ वर्षिय वृद्धको मृत्यु भएको हो ।
उनको शुक्रबार दिउँसो घरमानै मृत्यु भएको थियो । मृत्यु पश्च्यात उनको स्वाब परिक्षणका लागि भरतपुर कोभिड १९ प्रयोगशालामा ल्याईएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु भएकका वृद्धको शब भरतपुर अस्पतालमा राखिएको छ ।
उनी घर आएको बिषयमा कसैलाई पनि जानकारी नगराईएको र आएको तीन दिन पछि मात्र समुदायले जानकारी पाएका थिए । त्यस पछि होम क्वारेन्टिनमा राखिएको थियो । कोरोना सम्बन्धि कुनै लक्ष्यण नदेखिए पनि उनको स्वाब परिक्षणको नतिजा संगै दहासंस्कारको काम अघि वढाईने उहाँले जानकारी दिनुभयो ।






