चितवनः नेपाली सेनाको कुटाईबाट मृत्यु भएका राजकुमार चेपाङ्गको शब भोलि उठ्ने भएको छ । नेपाली सेनाको कुटाईबाट यहि साउन ८ गते उपचारका क्रममा मृत्यु भएका राजकुमार चेपाङ्गको शब उठाउने बिषयमा आज सर्बदलीय सर्बपक्षिय बैठकले मृर्तकका परिवारलाई रु १० लाख उपलव्ध गराउने लगाएतका पाँच बुद्धे सहमती पश्च्यात चेपाङ्गको शव उठ्ने भएको हो ।
बैठकमा सहभागी काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार मृतक राजकुमार चेपाङलाई कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याई आवश्यक कारवाहि गर्ने, मृतक राजकुमारका छोरीलाई भरणपोषण र छात्रवृत्ति रकम नियमितरूपमा उपलब्ध गराउने, मृतकको घर निर्माणमा आबश्यक बनपैदावर,कच्चापदार्थ र श्रम समेत निशुल्क उपलब्ध गराउने, मृतक राजकुमारको परिवारलाई राहतस्वरूप रु १० लाख रकम उपलब्ध गराउने, मृतक राजकुमार चेपाङको शव परिवारले बुझि अन्त्यष्ठी गर्ने सहमती भएको हो ।
बैठकका क्रममा पिडित परिवारलाई रु १ लाख राहत दिने भनिएको भए पनि काँग्रेसको अडान पछि रु १० लाख दिने सहमती भएको श्रेष्ठले क्लिक खवरलाई जानकारी दिनुभयो । मृतकको शब पोष्टमाटमका लागि काठमाडौं पठाईएको थियो । पोष्टमाटम पछि परिवारले उचित राहत र क्षतीपूर्तीको व्यवस्था नभए सम्म शव नबुझ्ने जनाउँदै आएको थियो । सोही घटनालाई लिएर नेपाल चेपाङ्ग संघ केन्द्रिय समितिले समेत पिडित परिवारको माग पुरा गर्न भन्दै दवाव दिदै आएको थियो ।
राजकुमारलाई यही साउन १ गते माछा मार्न जाने क्रममा राप्तीमा नेपाली सेनाले कुटपिट गरेको आरोप लागेको थियो । सोही कुटाईबाट चेपाङ्गको मृत्यु भएको भन्दै परिवारले शब बुझ्न नमानेका थिए । सोही घटनालाई लिएर नेपाली सेनाको छानविन समितिले समेत सेना भित्र छानविन प्रकृया अघि वढाएको छ ।

प्रतिक्रिया दिनुहोस !