चितवनः चार दिन देखि हराउनु भएकी भरतपुर महानगरपालिका वडा नम्बर ११ मालपोत चोककी सिर्जना गैरेको शब भेटिएको छ । उनको शव आज दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ३ नगरवने छेउमा भेटिएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।
प्रहरीका अनुसार सो स्थानमा भेटिएको शव र हुलिया मिलेका कारण २८ वर्षिय गैरे रहेको परिवारले स्विकार गरेको छ । घरबाट बजार जाने भनेर निस्किएकी उनको शब भेटिएको हो ।