चितवनः सेनाको कुटपिटबाट मृत्यु भएको भनिएका राप्ती नगरपालिका वडा नम्बर २ का राजकुमार चेपाङ्गको शव नउठाउने जनाएका छन् । चेपाङ्ग संघ केन्द्रिय समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि दोशिलाई कारवाही र घाईतेलाई निशुल्क उपचार र पिडितलाई रु. दश लाख क्षतीको व्यवस्था नभए सम्म शब नउठाउने जनाएको हो ।
संघका केन्द्रिय अध्यक्ष तेजेन्द्र चेपाङ्गले आँफुहरुको माग सुनुवाई नहुँदा सम्म शब नउठाईने जनाउनु भएको हो । संघले पूर्बी चितवनको राप्तीमा भएको घटना र माडीको कुसुमखोलामा भएको घटना प्रति खेद व्यक्त गरेको छ । केन्द्रिय समितिको बैठकले माडीमा भएको घटनाका पिडित परिवारलाई गाँस, बास, कपास सहित तत्काल पुर्नबास गरिनुपर्ने, चेपाङ्ग समुदायको घर आगजनी, भत्काउने, अन्नबाली नष्ट गर्ने गराउन निर्देशन दिने कर्मचारी लाई कारवाही गरियोस, चेपाङ्ग समुदायलाई स्थानान्तरण गर्दै परिवारलाई प्रशस्त मात्रामा जिविकोपार्जन गर्न सक्ने खालका बैकल्पिक व्यवस्था सहित पुर्नवास गरिनुपर्ने लगाएतका ६ वुद्धे माग राखेको छ ।
आँफुहरुको माग तत्काल सम्बोधन नभए अन्य आदिबासी जनजातीहरु शान्तिपूर्ण चरणबद्द आन्दोलनमा उत्रने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।