चितवनः निरन्तरको वर्षा । वर्षाको बिचमा बिभिन्न बिकास निर्माणका कामहरु हुदै आएका छन् । यसै क्रममा केही दिन अघि देखि वर्षा भईरहेको छ । यहि मौका छोपि भरतपुर महानगरपालिका वडा नम्बर १० मा भने वडा कार्यालयको शिलन्यास गरिएको छ ।
शिलन्यास गरिएको क्षेत्रमा पानीले खुट्टा राख्न समेत धौधौ रहेको देखिन्थ्यो । शिलन्यास हुने स्थानमा समेत पानी आई रहेको थियो । महानगर प्रमुख र उपप्रमुखले भवन शिलन्यास गर्दै गर्दा दुबेका कपडा जमिन मुनिबाट आईरहेको पानीले भिजिरहेको देख्न सकिन्थ्यो । तर त्यहाँ शिलन्यास गरिन्छ ।

जिल्ला समन्वय समिति चितवनले उपलव्ध गराएको जग्गामा भवनको शिलन्यास गरिएको हो । २ हजार ३ सय १९ वर्ग फिटको सो भवन २०७७ साल चैत १० गते सम्पन्न गर्ने गरि धुलिखेल निर्माण सेवा वानेश्वरले जिम्म लिएको हो । रु १ करोड ५७ लाख १३ हजार ४ सयमा निर्माण सम्पन्न हुने छ । दुई तले सो भवनमा ६ वटा कोठा र एउटा सभाहल रहने भरतपुर महानगरपालिकाका डिभिजन ईन्जिनियर रत्न लामिछानेले जानकारी दिनुभयो ।
शलन्यास गरिएको क्षेत्रमा अव ठेकेदारले भत्काउने छ । पानीले शिलन्यास गर्ने खाल्डो भरिन लाग्दा समेत वडा अध्यक्ष अरुणपिडित भण्डारी त्यसलाई कुनै बास्था नगरि पानी भोरीएर केही हुदैन भन्दै हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !