
चितवनः यहाँको नारायणी नमुना माध्यामिक बिद्यालयलाई उत्कृष्ठ नमुना बिद्यालय वनाउन बिभिन्न गतिबिधि गरिदैं आएको छ । आज मात्र बिद्यालयमा चार वटा कार्यक्रम गरिएका छन् । बिद्यालयका दुई भवनको शिलन्यास, आईसिटि प्रयोगशालाको उद्घाटन र वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रतिनिधि सभा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलको प्रमुख आतिथ्यतामा प्रयोगशालाको उद्घाटन गरिएको छ । सूचना तथा संञ्चार मन्त्रालय नेपाल टेलिकमको रु २४ लाख र एशियाली बिकास बैंकको नमुना बिद्यालय कार्यक्रम अन्तर्गत रु ५० लाख सहयोगमा प्रयोगशाला निर्माण गरिएको हो । बिद्यालयका प्राचार्य पूर्ण प्रसाद दवाडीका अनुसार प्रयोगशालामा ९० वटा कम्युटर, ३२ वटा प्रोजेक्टर, फोटोकपि मेसिन लगाएतका सामाग्रीहरु रहेका छन् ।
पोख्रेलले प्रयोगशालाको उद्घाटन गर्दै बिद्यालयलाई उत्कृष्ठ नमुना बिद्यालय वनाउन आफ्नो तर्फबाट आबश्यक सहयोग गर्ने बताउनुभयो । यस अघि आजै भरतपुर महानगरपािलका प्रमुख रेनु दाहालले दुईवटा भवनको शिलन्यास र वृक्षारोपणको शुभारम्भ गर्नु भएको थियो । सो अवसरमा उहाँले एशियाली बिकास बैंकको सहयोगमा बन्न लागेको तीन तले भवन र पुननिर्माण प्राधिकरण शिक्षा ईकाईको सहयोगमा वन्न लागेको चार कोठे एक तले भवनको शिलन्यास गर्नु भएको थियो । बैंकले बिद्यालयलाई पाँच वर्ष सम्म रु १ करोड ५० लाखका दरले सहयोग गर्दै छ । प्राधिकरणको रु ६६ लाखको लागतमा भवन निर्माण गर्न लागिएको हो ।
दाहालले महानगर क्षेत्रमा दुई वटा नमुना बिद्यालय रहेको भन्दै अन्यलाई सिको गर्दै अगाडी वढ्न आग्रह गर्नुभयो । दाहालले यस बिद्यालयलाई देशको पहिलो नमुना बिद्यालय वनाउनका लागि स्थानीय सरकारबाट आबश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । अहिले प्रबिधि मैत्री र प्राबिधिक शिक्षा हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “शिक्षा क्षेत्रमा अब बहुप्राबिधिक शिक्षा आबश्यक छ । यसका लागि भरतपुर महानगरपालिकाको वडा नम्बर २३ मा बहुप्राबिधिक शिक्षालय यहि शैक्षिक सत्रबाट संञ्चालनमा ल्याउन लागेका छौ ।”
यसै गरि नारायणी नमुना माध्यामिक बिद्यालय भरतपुरले एक बिद्यार्थी एक बिरुवा, एक बिद्यालय एक बगैंचा कार्यक्रम सुरु गरेको छ । विश्व भू संरक्षण दिवसको अबसरमा बिद्यालय परिषरमा बृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।
सो अबसरमा १ सय ५२ वटा बिभिन्न जातका बिरुवा रोपिएको थियो । अमला, चाँप, खयर, जमुना, श्रीखण्ड, मसला, रक्तचन्दन लगाएतका बिरुपा रोपिएको हो । बृक्षारोपणका लागि डिभिजन वन कार्यालय चितवन, लायन्स क्लब अफ बागेश्वरी नारायणी र रोटरी क्लब चितवनले सहयोग गरेको हो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक वहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुना कुमारी श्रेष्ठ, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल लगाएतले बोल्नु भएको थियो । सो बिद्यालयमा गत शैक्षिक सत्रमा २ हजार ४ सय ७८ जना बिद्यार्थी रहेका थिए । प्रबेश परिक्षा लिएर मात्र बिद्यालयले बिद्यार्थी भर्ना गर्ने गर्दछ ।