काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत स्थायी कमिटी सदस्यको बैठकमा नेकपा नेता भिम रावलले नेतृत्वले टउको देखाएर स्वार्थसिद्धि गर्न लागेको आरोप लगाउनु भएको छ । रावलले नेतृत्वले टाउका देखाएर स्वार्थसिद्ध गर्न लागिपरेको भन्दै अब यसरी नचल्ने बताउनुभएको छ । “हाम्रा टाउका देखाएर बार्गेनिङ गर्ने,” रावलको भनाइ उद्धृत गर्दै एक सदस्यले भन्नुभयो, “तपाईंको पदको भागवण्डा गर्ने तरिकालाई सधैँ साथ दिएर जान सकिँदैन ।”
रावल पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचक रहँदै आएका थिए । आजको उहाँको मन्तव्यले अडान फेरिएको आशङ्का बढेको एक सदस्य बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !