चितवनः नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता तथा पर्यटन मन्त्रि योगेश भट्टराइले पार्टी दुर्घटना नजिक रहेको बताउनु भएको छ । नेकपाको विवाद चरम उत्सर्गमा पुगेका बेला सामाजिक संजालमा लेख्नु भएको छ । उहाँले सामाजिक संञ्जाल फेसबुकमा लेख्नुभएको छ “दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।”


आज बस्ने भनिएको स्थायी समितिको बैठक कोरम नपुगे पछि स्थगित भएको थियो । कोरम नपुगेको भन्दै बैठकबाट बाहिरीनु भएका मन्त्री भट्टराईले वाहिरीय लगत्तै सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको हो ।
सत्तारुढ नेकपाको स्थायी समिति बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा सुरु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको भनी प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेता बालुवाटार पुग्नुभएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डबीच केहिबेरको छलफलपछि प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको बालुवाटारमा रहेका एक नेताले जानकारी दिए ।
बैठकमा प्रचण्ड–नेपाल पक्षका ३० जना नेता उपस्थित छन् । वामदेव गौतम समेत बैठकमा सहभागी हुनेगरी बालुवाटार पुगिसकेको एक नेताले बताए । गृहमन्त्री रामबहादुर थापा पनि बैठकमा सहभागी हुन गइरहेको सन्देश पठाएका छन्। पुर्वमाओवादी केन्द्रका लेखराज भट्ट भने बैठकमा अहिलेसम्म पुगेका छैनन् ।

प्रतिक्रिया दिनुहोस !