काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पुन: रमेशकुमार सिलवाल भएका छन् । पदमुक्त भएको करिब ३ सातापछि सिलवाल पुन: राखेपको सदस्य सचिव पुन: नियुक्त भएका हुन् ।

आज (सोमबार) बसेको मन्त्रीपरिषद्को बैठकले सिलवाललाई ४ वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो । राखेप सदस्य सचिव पहिलो पटक खेल छनोटका आधारमा भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासका रुपमा रहेका सिलवाल दोस्रो पटक पनि उनकै चाहनामा सदस्य सचिव नियुक्त भएका छन् ।

नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिलासहित ३ जनाबाट सिलवाल सदस्य सचिव नियुक्त भएका हुन् । समितिले राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष नेकपाका नेता लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो । गत वर्ष असार २३ गते सदस्य सचिव नियुक्त भएका सिलवाल असार १८ गते नयाँ ऐनको कार्यन्वयनसँगै पदमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस !