चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १४का राजकुमार गुरुङ्गको हत्यामा संलङ्गन पाँच जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्धा दर्ता गरिएको छ । ४१ वर्षिय गुरुङ्गको असार २३ गते भरतपुर महानगरपालिका वडा नम्बर १० मैयादेवी कन्याकलेज नजिक झाडीमा शब भेटिएको थियो ।
पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका वडा नम्बर ४ घर भई भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने ३४ वर्षिय कमल गन्धर्भ, रौतहटको गजुरा नगरपालिका वडा नम्बर १ घर भई सोहि स्थान बस्ने ३० वर्षिय अमरबहादुर थिङ्ग, दाङ्ग घोराई उपमहानगरपालिका घर भई सोही स्थान वस्ने २४ बर्षिय को सागर ओली, भरतपुर महानगरपालिका वडा नम्बर ८ बस्ने ३१ वर्षिय प्रकाश बिक र एक वालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार हत्यामा संलङ्गन दुई जना फरार रहेका छन् । प्रहरीका अनुसार गुरुङ्गले कमल गन्धर्व संग ठेला रिक्सा केही समयका लागि मागी लगेको र सोही ठेला पदमपुरमा लगि बिक्रि गरेको भन्ने बिषयमा बिबिाद हुँदा गुरुङ्गको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो । रिक्सा नपाएको बिषयलाई लिएर कुटपिट गरी हत्या गरिएको थापाले जानकारी दिनुभयो ।