चितवनः माछा मार्न गएको समयमा सेनाको कुटाईबाट मृत्यु भएका युवाको परिवारलाई निकुञ्जले राहत उपलव्ध गराउने भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्बपक्षिय छलफलका क्रममा मृतकको श्रीमतीलाई रोजगारी, बच्चालाई मासिक रु १ हजारका दरले बैंकमा जम्मा गरिदिने र घर वनार्यदिने सहमति भएको जनाईएको छ ।

साउन १ गते निकुञ्ज भित्रको खोलामा माछा मार्न गएको बेलामा सेनाको कुटाइबाट राप्ती नगरपालिका–२ गड्यौलीका राजकुमार चेपाङसहित ५ जना घाइते भएका थिए । राजकुमारको सात दिन पछि भरतपुर अस्पतालमा मृत्यु भएको थियो । त्यसपछि मात्र परिवारजन र अन्य घाइतेहरुले सेनाबाट कुटाई खाएको सार्वजनिक गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवन प्रबक्त प्रहरी नायब उपरिक्षक सूर्य वहादुर थापाले मृतकको शव पोष्टमार्टमका लागि काठमाडौं लैजान लागिएको जानकारी दिनुभयो । “यो घटनाको विषयमा पत्ता लगाउने एक्सपर्ट चितवनमा नरहेको भन्ने कुरा अयो । त्यसैले शवलाई काठमाडौं लगेर पोष्टमार्टम गरिँदैछ”, उहाँले भन्नुभयो । अस्पतालमा फरेन्सिक बिज्ञ नभएको र जटिल घटना भएका कारण काठमाडौं पठाउन सकिनेृ अस्पतालले राय दिएको थियो । अस्पतालको राय अनुसार मृतकको शब पोष्टमाटमका लागि काठमाडौं लैजान लागिएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको डीएसपी थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !