काठमाडौंः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन हुने नहुने विषयमा अमेरिकाले चासो देखाएको छ ।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग आज भएको भेटमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसी अनुमोदनबारे सामान्य चासो राखेको स्रोतले जानकारी दिएको छ ।

भेटमा राजूदत बेरीले अमेरिकाले पहिलेदेखि नै नेपाललाई विभिन्न सहयोग उपलब्ध गराउँदै आएको र अमेरिका नेपालको राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा रहेको बताएका थिए ।

तीन पटक दर्ता भएर पनि एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन भएको छैन । यसलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै दुई धार देखिएको छ ।

प्रतिक्रिया दिनुहोस !