चितवनः गत साता परेको अबिरल बर्षा संगै बाढि र पहिरोले पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्ड क्षतबिक्षत भएको छ । ९२ किलोमिटर लामो सो सडक खण्डमा दुई सय भन्दा वढि ठाउँमा पहिरो खसेका थिए ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. कृष्णराज अधिकारीका अनुसार सो सडक खण्डको जोगिमारा र धारापानीमा अझै सडक एकतर्फि मात्र संञ्चालनमा रहेको छ । सडक खण्डको मौवा खोलामा पुल र सडक जोड्ने भाग नै नदीले वगाएको थियो । ती सबै ठाउँको मर्मत सम्भार गरि शुक्रबारबाट सवारी संञ्चालनमा ल्याईएको अधिकारीले जानकारी दिनुभयो । मौवा खोलामा पाँच गते बिहान सडक वगाए पछि सडक खण्ड पूर्ण रुपमा अबरुद्ध भएको थियो ।
राजधानी प्रबेश गर्ने र वाहीरीने मुख्य नाका भएकाले चौतर्फि दवाव र सहयोगले सडक संञ्चालनमा ल्याए पनि बर्षातले निकै नोक्सान पुगेको अधिकारी बताउँनुहुन्छ । उहाँले भन्नुभयो “५० किलोमिटर जति ठाउँमा कालोपत्रे बिग्रिएको छ ।”पहिरो खसेको, धसिएको ठाउँ, वगाएको सडक लगाएतका क्षेत्रमा कालोपत्रेमा नोक्सानी भएको छ ।
छिट्टै सबै ठाउँमा सडक दुईतर्फि संञ्चालनमा आए पनि पूर्बबत अबस्थामा सडकलाई मर्मत सम्भार गर्न एक वर्ष लाग्ने उहाँको भनाई छ । क्षतीको बिबरण संकलन गरेर लगत स्टमेट तयार गरि प्रकृयामा अघि वढ्नुपर्ने भएकाले सबै काम गर्न समय लाग्ने अधिकारी बताउनुहुन्छ । सो सडक खण्ड बिस्तारका लागि बिश्वबैंकको सहयोगमा परियोजना अघि वढेकाले धेरै खर्च गर्ने पक्षमा सडक बिभाग छैन ।
अधिकारीले भन्नुभयो “अत्यावश्यक काम मात्र हामी गछौं ।”सो सडक खण्डमा ६ देखि ७ मिटर फराकिलो कालोपत्रे रहेको छ । अधिकांश भाग एकातर्फ अग्लो पहाड र अर्को तर्फ त्रिशुली नदी पर्दछ । यस्तै सोही कार्यालयले हेर्ने नारायणगढ–मुग्लिन सडकको चार किलो र १६ किलोमा पटक पटक पहिरो खस्दा समस्या हुने गरेको छ । दुई वर्ष अघि सडक बिस्तार गरिएको भए पनि पहिरो रोक्ने काम गर्न नपाउँदै चार किलोमा पहिरो खसेको हो ।
ती दुबै ठाउँमा अझै दुईतर्फि सडक संञ्चालन हुन सकेका छैनन् । यस सडक खण्डमा पनि ठाउँठाउँमा साना पहिरो खस्दा क्षती पुगेको छ । सडक माथिको डाँडामा ग्रामीण क्षेत्रमा वनाईएका वाटोमा पानी एकिकृत भएर एकै ठाउँबाट खस्दा मुल सडकमा क्षती पुगेको अधिकारी बताउनुहुन्छ । यस संगै वर्षात बढी भएकाले सडकमा नोक्सान गरेको उहाँको भनाई छ ।