चितवनः घरायसी बिबादका कारण एक युवाले श्रीमतीलाई खुर्पा प्रहार गरि आँफुले आत्महत्या गरेका छन् । माडी नगरपालिका वडा नम्बर ९ प्याउलीका ३३ वर्षिय धन वहादुर वि.कले श्रीमतीलाई खुर्पा प्रहार गरी आत्महत्या गरेका हुन ।
उनले श्रीमातीलाई शनिवार राति खुर्पा प्रहार गरेका थिए । खुर्पा प्रहार पछि श्रीमती माईत गएकी थिए । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माका अनुसार गएराति एकआपसमा झगडा गर्ने क्रममा श्रीमतीलाई खुर्पाले हानेर घाइते बनाएका विकले आइतबार बिहान आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

विकले २९ वर्षीया श्रीमती शोभा विकलाई विवादका क्रममा खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ । ‘विवादका क्रममा धनेले श्रीमतीलाई खुर्पाले प्रहार गर्न खोजेका रहेछन् । सो क्रममा रोक्न खोज्दा श्रीमतीको हातका औंला तथा कुहिनामा चोट लागेको रहेछ,’ प्रहरी निरीक्षक विकले भन्नुभयो, “श्रीमानले कुट्न थालेपछि उनी नजिकै माइतमा गएर बसेकी रहेछिन् । बिहान उठेर प्रहरीमा उजुरी गर्छु भनेको थाहापाएपछि उनी झुन्डिएको हुन सक्छ ।”

घाइते अवस्थामा रहेकी शोभाको प्राथमिक स्वास्थ्य चौकीमा उपचार गरिएको छ। मृतकको शवको पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !