
चितवनः नेपाली सेनको कुटाईबाट जिल्लामा एक युवाको मृत्यु भए पछि नेपाली सेनको टोली चितवन आई पुगेको छ । सेनको जंङ्गीअडाबाट महासेनानी श्याम कुमार खड्काको नेतृत्वको टोलिले घटनाको बिषयमा अनुसन्धान सुरु गरेको हो ।
पूर्बी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ का २४ वर्षिय राजकुमार चेपाङ्गको सेनाको कुटाईबाट मृत्यु भएको थियो । माछा मार्न जाने क्रममा उनलाई सेनाले कुटपिट गरेको पिडित परिवारको आरोप छ । साउन १ गते कुटपिट गरेको र साउन ८ गते उपचारका क्रममा उनको मृत्यु भएको थियो । निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणका गणपती अरुण श्रेष्ठका अनुसार टोली चितवनमा आई काम सुरु गरी सकेको छ । आज घटनास्थलको अध्ययन र पिडित परिवार संग भेटघाट गर्ने काम भएको छ ।
घटनाको शुन्य बाट अनुसन्धान गरि दोषि देखिए कारवाही गर्ने उद्धेश्यका साथ सेनाले छानविन सुरु गरेको हो ।