चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा पुनः पहिरो खसेको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहिबार राति ८ः४५ वजे पहिरो खसेको थियो । सोहि स्थानमा पुनः आज विहान ४ः२० वजे पहिरो खसेको हो । राति खसेको पहिरो पन्छाएर एकतर्फि सवारी संञ्चालन भएको केही समयमानै फेरी पहिरो खसेको हो । निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक सूर्य वहादुर थापाले बताउनुभयो ।
पहिरो ठूलो भएकाले के कतिखेर पन्छाएर सकिन्छ भन्न नसकीने उहाँले जानकारी दिनु भयो । सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाईएको थियो । पहिरोका कारण दुईतर्फि सडक अबरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस !